पोखराका जनप्रतिनिधिको फूस्रो आशअस्वान : ‘बसपार्क निर्माणसंगै सेती नदीलाइ स्वर्ग द्वार बनाउँछौ’
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नागरिकले सोधेका प्रश्नका जवाफ दिँदै वडा अध्यक्षदीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई रामताल नभई स्वर्ग द्वार बनाउने प्रतिवद्धता व्यक्त गरे ।
वडा वासीले उठाएका मुद्धा र गरेका प्रश्नलाई सम्बोधन गर्दै ९ नं. वडालाई सबल र सक्षम बनाउने अभियानमा आफू दिनरात लागेको बताए ।
निर्वाचित जनप्रतिनिधिहरूको पहिलो वर्षको कार्यकाल पूरा भएको छेको पारेर वडाबाट सम्पादित एक वर्षभित्रका सफल र सार्थक कामहरूको जानकारीका लागि सुनुवाई आयोजना गरिएको थियो ।
वडा अध्यक्ष मर्सानीले एक वर्षभित्रफत्ते गरेका विकास निर्माणका काम, चालु काम र भावी दिनमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरे । मर्सानीले आफ्नो कामको रफ्तारलाई मिसन १, २, ३ को खाकामा राखेका थिए ।
थोरै कुरा गरेर धेरै काम गर्ने आफ्नो लक्ष्यलाई वडावासीमाझ राख्दै कार्यालय समयपछि पनिनागरिकको घरदैलो आफ्नो कार्य क्षेत्र भएको बताए ।
महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क तथा स्मार्ट शौचालय, पृथ्वीचोकमा बसपार्क, पोखरा घर निर्माण र नयाँबजारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका बोलपत्र र साझेदारी प्रक्रिया मार्फत् सञ्चालित योजनाहुन् । क्षेत्रीय हुलाक कार्यालय र नेपाल टेलिकमले अतिक्रमण गरेको जमिन पर्खाल सारेर असारसम्म सार्वजनिक प्रयोगमा ल्याउने जनाइएको छ ।
६९ वटा आयोजना सञ्चालित वडामा ६ करोड, १६ लाख ९६ हजार बजेट प्राप्तभएको छ भने २ करोड ४७ साल ८६ हजार राजश्व सङ्कलन गरिसकेको छ । पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा व्यापारिक केन्द्र पनिहो जहाँ १७ वासिन्दा छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा विष्णुभक्त सुवेदी, कमल चन्द्र काफ्ले, मिलन दलला, ध्रुवकुमार श्रेष्ठ, चन्द्रविक्रम अधिकारीले वडाका पूर्वाधार विकास, सार्वजजनिक जमिन, स्वास्थ्य, शिक्षा, तालिम, रोजगार उद्यम शिलता लगायतका विषयमा आफ्ना धारणा, सुझाव गुनासा र प्रश्न राखेका थिए ।
वडा अध्यक्ष दीपेन्द्र मर्सानी, सदस्यहरू नन्दराम गिरी, भावना श्रेष्ठ, गिता चर्माकार, लक्ष्मी पहारी र वडा सचिव कुलराज पौडेलले लगायतले जवाफ दिएका थिए ।
नेपाली काँग्रेसका वडा सभापति शिवराज बास्तोला, नेकपा एमालेका प्रेम गुरुङ, नेकपामा ओवादी केन्द्रका बम बहादुर कार्कीले ९ नं. वडाले तय गरेको योजना र कार्यान्वयन प्रशंसनीय रहेको बताए ।
Related