पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ।
चीनको सिचुआन एयरलाइन्सले छेङ्दु-पोखरामा दुईवटा चार्टर उडानको प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार आउँदो २१ जुनमा दुईवटा चार्टर उडान हुनेछ। कम्पनीले न्यारोबडी जहाजमार्फत दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ।
सिचुवान एयरलाइन्सको नेपालका लागि आधिकारिक टिकट बिक्रेता कम्पनी सोसाइटी इन्टरनेसनल रहेको छ।
गत जनवरी १ तारिखबाट संचालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।
प्राधिकरणका अनुसार यो विमानस्थलबाट नियमित उडान गर्नका लागि हिमालय एयरलाइन्स, जजिरा एयरवेज, सिचुआन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले नियमित उडानका लागि सम्भावित अध्ययन गर्दै आएका छन्।
निजी वायुसेवा कम्पनी बुद्ध एयरले यो विमानस्थलबाट भारतको विभिन्न सहरमा नियमित उडानका लागि प्रक्रिया सुरु गरेपनि भारतले अनुमति नदिदाँ उडान हुन सकेको छैन ।

Related