• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा पराजुली

  •    शुभेच्छा न्यूज  /२१ जेष्ठ २०८०, आईतवार १४:१५ ,  प्रकाशीत
  • नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित भएका छन ।

    उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहनु भएको छ । निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत निर्वाचित भएको घोषणा गरे ।

    समाजको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले उदघाटन गरेका हुन ।

    मेयर खाँणले जनताले महसुस गर्ने गरि काम गर्ने अभियानमा रहेको भन्दै निर्वाचनको वेला वोलेको कुरा पुरा गर्ने वताए । खानेपानी ,अस्पताल र अफ्ट्यारो परेको ठाउँमा मेयर देखिने वताए ।

    सहयोग जुटाएर शुरु गरेको एम्बुलेन्स संचालनमा समस्या भए नगरपालिका साथ दिन तयार रहेको प्रतिवद्द्ता जनाउनु भयो ।११ नम्बर डाका वडाध्यक्ष डन्डपाणी पंगेनीले एम्बुलेन्स संचालनको लागि सानो सहयोग वडाको तर्फवाटपनि गरिने वताए ।

    समाजका सस्थापक अध्यक्ष घनश्याम पाण्डेयले नमुना स्वरेक स्थापनाको लागि विदेशमा रहेर भुमिका खेल्नु हुने भेषराज पराजुली ,जिवन पौडेल ,बिष्णु पंगेनी, बालकृष्ण पराजुली,र इश्वर पराजुलीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

    स्थानीय सरकारले गर्नुपर्नेकाम समाजले गर्दे आएकोले नगरबाट समाजलाई सहयोग पुग्ने विस्वास लिएको वताए । पाण्डेयले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पुरा गरेको भन्दै नयाँ आउने समितिको साथमा आफु सधैं रहने जनाए ।

    कार्यक्रम पुर्ब एसएसपी यम प्रसाद पराजुली,भीरकोट ५ का जनप्रतिनिधि डम्बर अर्याल ,समाजसेवी कमल पंगेनी,यमलाल शर्मा लगायत आआफ्नो भनाई राख्नु भएको थियो ।

    यसै विच कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको भन्दै चालक ठाकुर प्रसाद पङगेनीलाई नगर सम्मान पत्रले सम्मान गरिए थियो।

    समाजलाई पछिल्लो समय आर्थिक सहयोग गर्ने नारायण शर्माको वुवा र पुर्वजनप्रतिनिधि मिना खाण लगायतलाई सम्मान गरिएको सचिब इन्दप्रसाद पराजुलीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.