सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका ३ जना कर्मचारी अझै फेला परेका छैनन्।
गत शुक्रबार सुनकोशीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका कर्मचारी ३ दिनसम्म खोजी गर्दा पनि फेला नपरेको हो।
सुनकोशीमा सिटिइभिटीको गाडी र त्यसमा सवार ३ जना खसेकामा गाडीका चालकलाई भने गत शुक्रबार नै उद्धार गरिएको थियो।
सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा गोताखोरसहित ३ वटा स्काभेटर परिचालन गरेर बेपत्ताहरूको खोजी भइरहेको छ। नदीको धार परिवर्तन गर्न तीन स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ /
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ।

Related