• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गाडीमा प्रेस लेखेर अवैध सामाग्री ओसार पसार गरेको आरोपमा २ ब्याक्ति पक्राउ

  •    शुभेच्छा न्यूज  /२२ जेष्ठ २०८०, सोमबार १६:२६ ,  प्रकाशीत
  • प्रेस लेखिएको गाडीमा २० लाख भन्दा बढी मूल्यको अवैध सामाग्रीसहित २ जना पक्राउ परेका छन् ।

    पछिल्लो समय पत्रकारिताका आडमा मुलुकमा राजनैतिक दलका नेताहरुको साँठगाठमा अबैध कारोवार हुने गरेको पत्रकारबृत्तमा चर्चा भइरहेको बेला प्रहरी बृत्त चापागाउँबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिकाको वडा नं. २६ चिबहालबाट ‘प्रेस’ लेखिएको सवारीमा अवैध रुपमा ल्याइएको रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत २ जना पक्राउ गरेको हो ।

    पत्रकारीताको आडमा अबैद धन्दा चलाउने गिरोहले आफ्नो गाडीमा प्रेस टासेर अबैध कारोवार गर्ने प्रचलन पछिल्लो समय बढीरहेको छ ।

    बिगतमा भन्सार एजेण्टदेखि ब्यापारी, मेनपावर ब्यसायी लगायतका ब्यवसायमा आवद्ध ब्याक्तिहरुले प्रहरी प्रशासनबाट बच्न गाडीमा प्रेस टाँसेर अवैध धन्दा चलाइ रहेको भेटिएको छ ।

    तलितपुरको चिजबहालमा चेक जाँचका क्रममा प्रहरीले प्रेस लेखिएको गाडीमा अबैध सामाग्री सहित सवारी चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ बस्ने दिपकप्रसाद लामिछाने र भारत मोतिहारी जिल्ला छतौनी–११ का सचिन कुमार चौरसियालाई पक्राउ गरेको छ ।

    प्रहरीले आइतबार बागमती प्रदेश ०१–०२६ च ८९८० पिकअप भ्यानमा बिल तथा कागजात नभएका २० लाख ७३ हजार ५ सय ९० रुपैयाँ बराबरको बराबरको अबैध सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास थान–३ र पिकअप गाडी पनि नियन्त्रणमा लिएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएको उक्त सामाग्रीसहित पक्राउ परेका ब्याक्तिलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.