कारागारको पर्खाल चढेर फरार भएका १ जना कैदी र १ जना थुनुवालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
लमजुङको कारागारको पर्खाल चढेर फरार भएका मध्यनेपाल नगरपालिका ४ दुइपिप्लेका २७ वर्षीय विनोद विक र गोरखाको चुमनुब्री गाउँपालिका २, घट्टेखोला घर भइ हाल पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
जवर्जस्ती करणी र डाकाचोरी मुद्दामा अदालतले कसुर ठहर गरी कारागार चालान भएका विक र ठगी मुद्दामा पुर्पक्षको लागि कारागार चलान भएका गुरुङ बुधबार राती कारागारको दक्षिणी भागको पर्खालमा मुढा खप्टाएर पर्खाल चढी फरार भएका थिए ।
फरार विकलाई बिहीबार दिउसो २ बजेतिर बेंसीसहर नगरपालिका २, चिसापानीको जंगल र गुरुङलाई बिहीबार राती साढे ११ बजेतिर बेंसीसहर नगरपालिका १, चिप्लेटी नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ । ।

Related