बेनीबाट पोखरा आउदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते, ४ को अवस्था गम्भिर
तपाईको प्रतिक्रिया





म्याग्दीको बेनीबाट पोखरा आउदै गरेको ना५ख ३९९३ नम्बरको बस पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा आज दिउँसो बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।
घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Related