शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ थानकोटमा गत शनिबार दिउँसो अन्दाजी ३ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।
ना ५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ गल्छी गाउँपालिका-४ बैरेनीका ४० वर्षीय गोविन्दप्रसाद अधिकारी र उनकी ३७ वर्षीया श्रीमती जानुका अर्याल घाइते भएका थिए।
अधिकारीको सोही दिन ट्रमा सेन्टरमा मृत्यु भएको थियो। उनकी श्रीमती अर्यालको भने सोमबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाएका दुबै जना शिक्षक हुन्। उनीहरू गल्छी-५ मा रहेको जलकन्या आधारभूत विद्यालयमा कार्यरत थिए।
ठक्कर दिने ट्रक चालकलाई पक्राउ गरिसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

Related