• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मिर्गौला प्रत्यारोपण

  •    शुभेच्छा न्यूज  /२४ जेष्ठ २०८०, बुधबार १७:११ ,  प्रकाशीत
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

    गत बर्ष असार ९ गते पहिलो पटक मृगौंला प्रत्यारोपण गरिएको पतिस्ठानमा यस अघि पनि प्रत्यारोपण गरिएको थियो । आइतबार तनहुँ व्यासका २५ वर्षीया पुनम थापा मगरको मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई ४९ वर्षीय बुवा राजु थापामगरले मिर्गौला दान गरे ।

    यस्तै पर्वत मोदी–४ का २७ वर्षीय गमबहादुर मगरको पनि आइतबार नै मिर्गौला प्रत्यारोपण गरिएको हो । मगरलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए ।

    प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा हालसम्म पोखरामा आठ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

    मिर्गौला प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठ, डा दिपेश श्रेष्ठ, डा हरिप्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी थिए ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट शल्य चिकित्सक डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाई, एनेस्थेसियोलोजिष्ट डा.रोहीनी सिग्देल, डा.माया लामा, नेफ्रोलोजिष्ट डा.जुजु राज श्रेष्ठ, डा.अमृत केसी र ओटी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.