• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी स्क्यान सेवा हरियाखर्कले दिने

  •    शुभेच्छा न्यूज  /२५ जेष्ठ २०८०, बिहीबार १६:४७ ,  प्रकाशीत
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल  र हरियो खर्क अस्पतालबीच सिटी स्क्यान सेवा दिनेबारे सम्झौता भएको छ ।

    सिटी स्क्यान मेसिन बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा एकअर्कालाई सघाउने गरी सम्झौता भएको अस्पतालले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

    प्रतिष्ठानले जारी गरेको बिज्ञप्तिमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिएको अवस्थामा बिरामी हरियो खर्क अस्पतालमा रिफरल सेवा लिन जानुपर्नेछ ।  सिटी स्क्यान शुल्क पश्चिमाञ्चल क्षेत्रीय अस्प्तालमा नै बुझाउनुपर्ने छ ।

    स्वास्थ्य बिमा गराएका बिरामीहरुले पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बिमा काउन्टरमा नै बिलिङ गर्नुपर्नेछ । हरियो खर्क अस्पताल पुगेर सेवा लिनुपर्नै अवस्थामा पनि थप शुल्क नलाग्ने अस्पतालले प्रष्ट पारेको छ ।

    यही जेठ २१ मा समझदारी भई सुचारु भएको सेवा लिने सेवाग्राहीलाई हरियो खर्क अस्पतालले   सवारी सुविधा उपलब्ध गराउनेछ ।

    करिब १० वर्ष सेवा अवरुद्ध भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फिलिप्सको सिटी स्क्यान मेसिन गत साउनमा भित्रिएको थियो ।

    तर,नेदरल्यान्डबाट ५ वर्ष वारेन्टीसहित भित्रिएको सिटी स्क्यान मेसिन कम्पनीबाटै प्राविधिक आउन समय धेरै लाग्ने भएपछि प्रतिष्ठानले हरियाखर्क अस्पतालसंग यस्तो सहमतिमो सेवादिने योजाना बनाएको हो।

    अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि समस्या समाधानको विकल्पका रुपमा सम्झौता गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    सरकारी अस्पतालमा मेसिन धेरै बिग्रनुको कारण निजी अस्पतालमा कार्यरत कर्मचारीको मिलेमतोमा बिगार्ने गरेको आरोप लाग्ने गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.