अनेरास्ववियुको माग : पुर्वमुख्यमन्त्री चढदै आएको गाडी एकसाता भित्र फिर्ता ल्याउनु
तपाईको प्रतिक्रिया





अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चढदै आएको सरकारी गाडी फिर्ता लिन माग गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ ।
गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले पदमुक्त भएको पाँच महिना वितिसक्दा समेत सरकारी गाडी फिर्ता नगरेपछि अनेरास्ववियुले बिहिबार मुख्यमन्त्री पाण्डलेलाइ भेटेर एकहप्ता भित्र गाडी फिर्ता ल्याउन अल्टिमेटम दिएको हो ।
गत पुस २५ गते पदमुक्त भएरका पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ स्कारपियो गाडी र चालक फिर्ता गरेका छैनन ।
यस अघि पोखरेल नेतृत्वकै सरकारले प्रदेशमा पूर्वमुख्यमन्त्री, मन्त्री लगायतलाई सवारी र चालक सुविधा दिने कानून बनाउन समिति बनाएपनि जनस्तरबाट चर्को आलोचना भएपछि हटेको थियो ।
अहिले पूर्व पदाधिकारीहरुले सवारी र चालक पाउने कानुननै नभएको अवस्थामा पनि पोखरेलले जबरजस्त गाडी र चालक निजी काममा प्रयोग गर्दै आएका थिए ।
अनेरास्ववियुले मुख्यमन्त्री संग पुर्व मुख्यमन्त्री पोखरेल सहित अन्य पदाधिकारीलाइ नियमविपरीत लिइएका सबै सरकारी सवारीसाधन एक हप्ता भित्र फिर्ता गराउन ध्यानाकर्षण पत्र मुख्यमन्त्री पाण्डेलाई बुझाएको अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक सुसन घिमिरेले बताए ।
Related