• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /२७ जेष्ठ २०८०, शनिबार ०९:०४ ,  प्रकाशीत
  • जेठ २७ देखि असार १ गतेसम्म कस्तो रहला तपाईको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    यो साता राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । छोटो दुरीको सफल र लाभदायक यात्रा पनि हुनेछ । कुनै न् कुनै कुराले मनमा प्रसन्नता छाउने छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    यो साता आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । पुँजी बजारले पनि साथ दिनेछ । बुधवारबाट ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आत्मबलमा कमी आउने छ । कर्म क्षेत्र पनि सङ्घर्षशील रहनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    यो साता लाभदायक यात्राको योग छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । वैदेशिक कार्य सम्पादन हुनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    यो हप्ता लाभहानी सुख दुःख बराबरी खालको दिन रहनेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । कृषि कर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ, तर आर्थिक कारोबारमा समस्या आउन सक्छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    यो साता धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    यो साता सफल यात्राको योग छ । स्वादिष्ट भोजन पनि पाइनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ । प्रेम जीवन सुखद् रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    यो साताको सुरुका दिनमा स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । शेयर बजारले पनि साथ नदेला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    यो साता सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    यो हप्ता कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक प्रतिष्ठा कमाउन सकिनेछ । प्राविधिक र कृषिका काममा सफलता मिल्नेछ । धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । मध्य सातामा सामान हराउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    यो साता आज घर परिवारमा झैझमेलाको अवस्था आउला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मङ्गलवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

    तुलसी भारद्वाज

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.