• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले फोहोर पुर्ने एक्साभेटरको भुक्तानी नदिइपछि बजारमा फोहर थुप्रियो

  •    शुभेच्छा न्यूज  /२८ जेष्ठ २०८०, आईतवार १७:११ ,  प्रकाशीत
  • पोखरामा ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि तीन दिन देखि फोहोर उठेको छैन ।

    नगर क्षेत्रमा ३ दिनदेखि फोहोर नउठेपछि पोखराका बजार क्षेत्रमा दुर्गन्धित भएको छ । मुख्य चोकचोकमा फोहका डंगुर थुप्रिएर दुर्गन्धित भएको छ ।

    इन्धन नपाएको बहानामा शुक्रबारदेखि फोहोर नउठेको पोखरा महानगरको सरसफाइ शाखाले जनाएको छ ।

    महानगरले गत फागुन १५ देखि वैशाख १५ सम्मको रकम भुक्तानी गर्न बाँकी रहेको शाखा प्रमुख कल्पना बरालले बताइन ।

    महानगरले एक्साभेटरको मासिक ४ लाख रूपैयाँ भाडा तिर्ने र इन्धन घण्टाको आधारमा दिने सम्झौता भएको थियो । तर, महानगरले विभिन्न बहानामा दुई महिनाको इन्धनको भुक्तानी रोकेपछि सरसफाइका ठेकेदारले उठाउन रोकेका हुन ।

    लामेआहालका बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आइरहेको थियो ।

    गत पुसदेखि महानगरपालिकाको फोहोर पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुँदै आइरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.