बढ्दो बेरोजगारीले दलालको पासोमा सर्वसाधारण : अमेरिका र माल्टा पठाउँने भन्दै पैसा असुली
तपाईको प्रतिक्रिया





बढ्दो बेरोजगारीले आक्रान्त युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्नेहरुको पछिल्लो समय बिगविगी नै बढ्न थालेको छ ।
सोमबार अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायाँनाथ रारा नगरपालिका–३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ की ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा पक्राउ गरेको छ ।
खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले अमेरिका पठाउने भन्दै ६ लाख २१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
Related