महिलाको आर्थिक सशक्तीकरण तथा महिलालाई उद्यमशील बनाउने अभियानमा अविच्छिन्न लागी रहने नाम हो रामकली खड्का ।
२०१२ सालमा हुम्लाको मुचुमा जन्म लिई त्यहीँ हुर्किएर सरकारी जागिर खाई काठमाडौँ हुँदै रामकली पोखरा आउनुभयो ।जवानीमा पोखरा आउनु भएकी उहाँलाई महिला सशक्तीकरणमा लाग्दालाग्दै उमेर गएको पत्तै भएन । बुढ्यौली छिरिसक्दा पनि उहाँमा जोस जाँगर हराएको छैन ।
महिलाको आर्थिक सशक्तीकरणको लागि रामकलीले पोखरामा महिला सीप विकास संस्था सञ्चालन गर्नुभएको छ । रामकलीले सञ्चालन गरेको यस संस्थाबाट अहिलेसम्म २० हजारभन्दा बढी महिलाहरूले रोजगार तालिम लिई सकेको र तीमध्ये धेरै जना आत्मनिर्भर बन्नुका साथै उद्यमको मार्ग पहिल्याउनुभएको छ ।
सयौँ महिला दिदी बहिनीहरूले यस संस्थामा काम गरिरहनुभएको छ । संस्थाले शारीरिक अशक्त, दृष्टिविहीन, एकल, गरिब, असहाय मात्र नभई उद्यमी बन्न चाहने जो कोही महिलालाई पनि सीप विकासको अवसर दिएको छ । “सुरुमा निःशुल्क तालिम प्रदान गरिन्छ तालिम लिइसकेपछि दक्ष भएकाहरूलाई रोजगारीको अवसर दिलाइन्छ । कतिपयले आफ्नै व्यवसाय गर्छु भनेर अन्यत्र गएर पनि व्यवसाय गर्ने गर्नुहुन्छ । हस्ताकलाका सामानको बिक्री नै यहाँको मुख्य स्रोत हो रामकली भन्नुहुन्छ,”रङ, अल्लो, कटन, कपास, काठको टाँकलगायत कच्चा पदार्थ स्वदेशी प्रयोग हुने गरेको छ भने केमिकल, जिपर (चेन), लगायतका पदार्थ बाहिरबाट ल्याउने गरेका छौँ ।
२०३२ सालमा लोकसेवा आयोगको परीक्षामा नाम निस्कियो । खरिदारसरहको महिला स्वयंसेविकाका रूपमा उहाँ तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत महिला तालिम केन्द्रमा पोखरामा काम गर्नुभयो । त्यसपछि उहाँ २१ वर्षसम्म निजामती सेवाकै सिलसिलामा महिलालाई आत्मनिर्भर बनाउने तरिका सिकाउँदा सिकाउँदै सेवा निवृत्त हुनुभयो र संस्था खोल्नुभयो ।
“म सरकारी जागिरको शिलशिलामा गाउँ गाउँ गए, त्यहाँ जाँदा महिला दिदी बहिनीहरूका समस्या धेरै पाए पैसा नभएर स्वास्थ्य उपचार गर्न नपाएको,शुभ कार्यहरू विवाह,व्रतबन्ध, काज्र्यमा जान नपाएको जस्ता समस्या उहाँले भन्नुभयो”, महिलाहरू आफैले कमाउन नसक्दा समस्या भोगी रहेका छन् ।
त्यो देखेपछि महिलाहरूलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर मैले यो काम गरे । महिलालाई आफ्नै खुट्टामा उभिने भएपछि अरू कसै सँग झुक्नु नपर्ने उहाँको भनाई छ ।
उहाँले सञ्चालन गरेको यस संस्थाले विशेष गरि यस संस्थाले हस्तकलाका धेरै प्रकारका सामग्रीहरू ( झोला, गुडिया, पर्स, उपहार सामग्री, गलैँचा, बैठक तथा भान्सा कोठाका सजावटका विभिन्न सामान,बेड कभर,खादा, महिला तथा पुरुषहरूका लागि विभिन्न प्रकारका लुगाहरू आदि) उत्पादन गर्दछ ।
करिब १२ हजार रुपैयाँबाट सुरु गरेको उक्त संस्थाको हाल पुँजी करोडौँ पुगेको छ । लाखौँ आम्दानी गर्न सक्ने गरी महिलाले सीप आर्जन गरेका छन् । यहाँ ७ सय भन्दा बढी प्रकारका सामान बन्ने गर्दछन् । यहाँबाट उत्पादित सामग्रीमध्ये ८० प्रतिशत भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, हङकङ, इटाली, नेदरल्याण्ड, जापान, जर्मन लगायतका देशमा निर्यात हुने गर्दछ । यहाँ उत्पादित सामाग्री नेपालमा जम्मा २० प्रतिशत खपत हुने गर्छ ।
यहाँ उत्पादित वस्तु विदेश पुग्दा नेपालमा निकै कम प्रयोग भएको प्रति रामकली चिन्ता व्यक्त गर्नुहुन्छ । “नेपालीहरू स्वदेशमै बनेको सामग्री प्रयोग गर्न भन्दा अन्य विदेशी मुलुकमा बनेको प्रयोग गर्न मन पराउनुहुन्छ, नेपालीहरूमा स्वदेशी समान प्रयोग गर्ने बानी छैन, यो दुःखद कुरा हो उहाँले भन्नुभयो”,विदेशीले निकै मन पराउने गर्दछन् । आफ्नो सामाग्री विदेश निर्यात भएर विदेशी मुद्रा नेपाल भित्र्याउन पाएकोमा भने रामकली खुसी हुनुहुन्छ ।
स्वदेशी उत्पादनबाट तयार पारेको सामाग्रीको बजार निकै कम हुनु वा स्वदेशी उत्पादनको प्रयोग निकै कम हुनु दुःखदायी हो । स्वदेशी उत्पादनको प्रयोग गर्ने बानीको विकास हामी नेपालीहरूमा हुन आवश्यक छ ।
अर्थतन्त्र गम्भीर चुनौती सामना गर्ने अवस्थामा पुगेको वर्तमान अवस्थामा स्वदेशी उत्पादनको प्रयोग गर्नुले केही मात्रामा भएपनि अर्थतन्त्र उकास्न टेवा पुग्छ ।

रेडियो नेपालबाट साभार
Related