• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् राशिफल

  •    शुभेच्छा न्यूज  /२८ जेष्ठ २०८०, आईतवार ०७:५६ ,  प्रकाशीत
  • जेठ २८ गते आइतबार

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । धर्म कर्ममा रुची बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ । फाइदा हुने योग छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी पाइएला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । बिश्वास गरेकाबाट धोका हुन सक्छ । पठन पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब विचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमी प्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दी हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् । धन लाभ हुनेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुने छैन । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरु बन्ने छन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । पशुधन र जमिनबाट लाभ मिल्नेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरी प्रति गुनासो गर्न सक्छन् ।

    तुलसी भारद्वाज

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.