पोखरा । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सम्पन्न भएको छ ।
वर्षभरका उत्कृष्ट लायनकर्मी तथा क्लबहरुलाई अवार्ड प्रदान गरी कार्यक्रम समापन भएको आयोजक लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रेसिडेन्ट लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गत नेपालभर १ सय ४० क्लब छन् । जसमा ३ हजार २ सय २२ जना मेम्बर आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलले २०२२ जुलाई १ देखि अहिले २०२३ जुनसम्म वर्षभर गरेका गतिविधिका बारेमा प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले लायनले समाजमा गरेका योगदानप्रति खुलेर प्रशंसा गरे ।
‘मेरो पनि समाजसेवाप्रति लगाव छ । हामी राजनीतिकर्मीले गर्न नसकेको काम समाजसेवीले गरेका छन् । भूकम्प जाँदा होस् या कोभिडको बेला होस्, लायन्स क्लबहरुले समाजमा गरेको योगदान अतुलनीय छ ।’ गुरुङले भने– ‘समाजसेवाका क्षेत्रमा लायन्सले गर्ने काममा मेरो सक्दो साथ सहयोग रहनेछ ।’
कार्यक्रममा डिस्ट्रिक्ट फस्र्ट लेडी लायन मन्दिरा खनाल पौडेल, होटल व्यवस्थापन समिति घान्द्रुकका विक्रम गुरुङ, फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन चण्डीप्रसाद अर्याल, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन गिरीधारी शर्मा, चिफ एडभाइजर तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन धनीराम बराललगायतको उपस्थिति थियो ।
कार्यक्रममा क्याबिनेट ट्रेजरर लायन शिवनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरे ।
लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गका विभिन्न क्लबमा उत्कृष्ट कार्यसम्पादन गर्ने लायन मेम्बरहरुलाई अवार्ड वितरण पनि गरिएको थियो । क्लबमा गरेको योगदान, सहभागिता, सेवा, उत्प्रेरणाका क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरिएको हो ।
पीएमजेएफ लायन दीपक खरेलले लायन अफ द इएर अवार्ड प्राप्त गरे । यस्तै, धनीराम बराल टीमवर्क फर एक्सेलेन्स अफ द इयरबाट अवार्डेड भए । उदयकुमार नेपाललाई बेस्ट सपोर्टिङ लायन अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।
लायन्स पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठ गण्डकी प्रदेशतर्फ सर्वोत्कृष्ट प्रेसिडेन्टको अवार्डले पुरस्कृत भए ।
पोखराका मेयरसमेत रहेका पिएमजेएफ धनराज आचार्य लगायतलाई बेस्ट सपोर्टिङ अवार्ड दिइयो । रत्नप्रसाद पराजुली र शिवनारायण श्रेष्ठ मस्ट एक्टिभ एण्ड सपोर्टिङ लायन अफ द इयरबाट अवार्डेड भए ।
जगन्नाथ तिमिल्सिनाले डिपार्टमेन्ट चिफ ट्री प्लान्टेशनतर्फ आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफको अवार्ड प्राप्त गरे । यस्तै, डिपार्टमेन्ट चिफ इन्डक्शन एण्ड इस्टलेशन रामु गौतमले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्डेड भए ।

डिपार्टमेन्ट चिफ मिडिया लायन सुरेन्द्र पौडेलले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्ड पाए ।
डिस्ट्रिक्ट को चिफ एड्भाइजर लायन शिवराज आचार्य आउटस्ट्याण्डिङ चिफ अफ एओजी अवार्डबाट पुरस्कृत भए ।
लायन डोलराज पोखरेलले आउटस्ट्याण्डिङ को चिफ एडभाइजर अवार्ड प्राप्त गरे । १७० बढीलाई यसरी विभिन्न अवार्ड प्रदान गरिएको थियो ।
Related