पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ ।
कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले डोजर चलाएको हो ।
व्यवसायी देवेन्द्र केसीले महानगरबाट कृषि प्रयोजनका लागि अनुमति लिएर सिमसार पुरेर अनधिकृत आवासीय संरचना बनाएपछि महानगरले डोजर चलाएको हो ।
केसीले कृषि प्रयोजनमा प्रयोग गर्न भन्दै २ दिनका लागि महानगरबाट अनुमति लिएर सिमसार क्षेत्र पुरेर प्लटिङ गरेका थिए ।
महानगरको अनुमति बेगर सिमसार क्षेत्रमा बनाएका सबै घडेरी संरचना भत्काउने तयारी गरेको हो ।
विश्व रामसार सूचिकृत फेवा सिमसार क्षेत्र पछिल्लो समय जग्गा व्यवसायीले प्रति जग्गा ४ देखि ५ लाख रुपैयाँसम्म लिएर सिमसार पुर्ने काम गरिरहेका छन् ।
पछिल्लो समय बनाइएका अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाइएको मेयरका प्रेस संयोजक भीम थापाले जानकारी दिए ।
सिमसार क्षेत्रमा माटो भरिएका सवै क्षेत्रमा डोजर चलाउने उनले बताए ।
फेवा फाँटमा सयौंको संख्यामा प्लटिङ गरेपछि खेती गर्दै आएको जमिनमा हिलोको दलदल बढेर खेती गर्ने अवस्था नभएको भन्दै स्थानियले महानगर पुगेर नाराजुलुस र धर्ना समेत दिएका थिए ।
उनीहरुले साँधमा माटो भरेर प्लटिङमा गरिएपछि आफ्नो खेति गर्दै आएको जमिनमा खेती गर्ने अवस्था नभएकाले पुर्न स्विकृति दिन महानगरसँग आग्रह समेत गरेका थिए ।
पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ ।
अधिवक्ता मनोज घर्तीमगरले उच्च अदालत पोखरामा सिमसार पुर्ने काम अत्याधिक बढेकोले रोक्नमाग गर्दै रिट दाएर गरे अदालतले फेवाको चार किल्ला सीमांकनभित्र आवास निषेधित क्षेत्र तोक्न र सिमसार पुर्ने काम रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

Related