लोक सेवाको परीक्षा अर्काको नाममा दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले अर्काको नाममा दिएको आरोपमा रुपन्देहीबाट सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादवलाइ पक्राउ गरेको हो ।
यादवले २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लोक सेवा आयोगले लिएको परीक्षामा राजबिराज-११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए ।
सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् । प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ ।
सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related