• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१ असार २०८०, शुक्रबार ०८:५१ ,  प्रकाशीत
  • २०८० असार १ गते शुक्रबार

    आजको राशिफल

    मेष : समय खराब रहनेछ । विवाद तथा प्रतिस्पर्धामा आज सहभागी नहुनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढीनै समय दिनुपर्ने देखिन्छ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुने देखिन्छ । अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ । आज स्वास्थ्य पनि कमजोर रहन सक्छ । परिवारमा विवादको वातावरण बन्न सक्ने भएकाले सचेत रहनुपर्छ । साथीभाईको धेरै विश्वास गर्दा समस्यामा पर्न सकिन्छ । शेयर बजारमा आज लगानी नगर्दा राम्रो हुनेछ ।

    वृष : आज समय शुभ रहनेछ । स्वास्थ्य पनि सन्तुलित नै रहने देखिन्छ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना छ । मानसिक शान्ति र आरामको अनुभव हुनेछ । विद्यार्थी वर्गलाई भने समय मध्यम रहेको छ । शत्रुमाथि तपाइँको जित हुनेछ । आफन्त र मावलिको सहयोग पाईने हुनाले नयाँ कामहरु गर्न उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ । थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ ।

    मिथुन : आज समय खराब रहनेछ । विदेशबाट चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनुहोला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पर्न सकिने सम्भावना छ । व्यर्थ मानसिक तनाव बढ्नेछ भने स्वास्थ्य पनि त्यति राम्रो रहनेछैन । आज कुनैपनि हालतमा मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा नगर्दा नै राम्रो हुनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ, त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज लेनदेन, यात्रा, खानपान, व्यापार व्यवसाय सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

    कर्कट : आज समय शुभ छ । आरोग्यता र प्रशन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नुहुनेछ । व्यापार, व्यवसाय सोचेजस्तै हुनेछ । तपाइँलाई आर्थिक सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या र बुद्धिको विकास हुनेछ । आफन्तबाट आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । घरका लागि नयाँ सामान किन्ने अवसर पनि मिल्नेछ । धार्मिक काममा राम्रो सफलता मिल्नेछ । जग्गा किन्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ । आज मातापितासँग धार्मिक कार्यमा सहभागी हुने अवसर पनि मिल्नेछ ।

    सिंह : आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा भने नराम्रो छैन । बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति भएपनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने देखिन्छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना रहेको छ । सोचेअनुसार लाभ लिन कडा परिश्रम गर्नुपर्नेछ । आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।

    कन्या : आज पनि समय खराब रहनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भइ प्रयोग गर्नु राम्रो हुनेछ । साझेदार वा सहयोगीको साथ पाउन मुस्किल हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट भने सुखद् समाचार आउने छ । मन चञ्चल रहने हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ने देखिन्छ । आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ । कम्मर दुख्ने समस्याले निकै तनाव बढ्नेछ । समग्रमा समय खराब रहेकाले आज सबै कार्यमा सतर्क हुनुहोला ।

    तुला : आज स्वास्थ्य राम्रो रहनेछैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क हुनुहोला । विशेषगरी आज पानीबाट खतरा छ, सतर्क रहनुहोला । गरेका प्रयास र उद्यमबाट निराश हुनुर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुन सक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, घुमघाम र मनोरञ्जनका क्रममा पनि निराशा भोग्नु पर्छ । आज केही काम बन्ने, केही अधुरा रहने पनि देखिन्छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने हुनाले पेटमा गड्बडीको सम्भावना छ, सतर्क हुन आवश्यक छ ।

    वृश्चिक : आज पनि स्वास्थ्य राम्रो रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी÷प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुन पाइनेछ । समाज सेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ । हार्डवयर सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।

    धनु : आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीनसम्बन्धी काम गर्नु छ भने आज लाभ हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहनेछ भने महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय पनि रहेको छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ । तपाईंलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ भरपूर उपयोग गर्नुहोला ।

    मकर : आज समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । आपूm मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा सामान्य देखिने सम्भावना छ, खानपान र आहारविहारमा विशेष सतर्क हुनुपर्छ । परिवारका सदस्यलाई औषधी उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।

    कुम्भ : आज समय राम्रो छैन । जन्मराशिदेखि बाह्रौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्निुपर्नेछ । बन्द व्यापार र व्यवसायका अप्ठ्यारा पक्षको चिन्तनमा मन रुमल्लिन सक्छ । पार्टनरसीपमा काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठिक हुनेछ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहेकाले तनाव बढ्नेछ । टाढाको यात्रा नगर्दा नै राम्रो हुनेछ । आज कसैले दिएको खानेकुरा खाने र नगद सापटी लिने काम पनि नगर्नुहोला ।

    मीन : आज समय शुभ छ । एक्कासी आम्दानी बढ्ने काम भेटिने छ । राम्रा र प्रशन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिएपनि तिनले दैनिकीमा खासै फरक पार्ने स्थिति छैन । जीवन साथीसित वैचारिक मतभेद हुनसक्छ तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । नयाँ व्यवसाय आज शुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । पुराना इष्टमित्रसँगको भेट उपलब्धिमूलक नै रहनेछ । आज टाढाको यात्रा निकै रमाइलो र फलदायी हुनेछ ।

    ज्यो. हरि पन्त

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.