• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा साहित्य सिर्जना : साहित्यलाई पर्यटनसँग जोड्न आवश्यक

  •    शुभेच्छा न्यूज  /२ असार २०८०, शनिबार १८:०७ ,  प्रकाशीत
  • पोखरामा पर्यटन प्रवर्धनमा साहित्य सिर्जना विषयक विमर्श सम्पन्न भएको छ ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले अनेसासको वार्षिक कार्ययोजना अन्तर्गत विमर्श, स्रष्टा सम्मान तथा रचनावाचन एकै साथ सम्पन्न गरेको हो ।

    अन्तरक्रिया कार्यक्रमका वक्ताले नेपाली साहित्यको अवस्था पहिरो जाने पहाडको फेदीमा रहेको घर जस्तो भएकाले त्यसलाई पर्यटनसँग जोडेर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले अनेसास बोर्ड अफ ट्रष्टी सल्लाहकार रोहिणीप्रसाद शर्मालाई सम्मानसहित कार्यक्रमको उद्घाटन गरे ।

    गुरुङले राज्यमा सुशासन कायम नहुँदा राम्रा र क्षमतावान प्रतिभा पलाएर हुनु राज्यका लागि क्षति भएको बताए । गुरुङले थपे– ‘परदेशले क्षमतावान नेपालीलाई ससुरालीमा पाउने सत्कार सम्मानजस्तो योग्यताको कदर गर्ने भएकाले अधिकांश विद्वान् नेपाली परदेश भाँसिदा आफूलाई पीडा हुन्छ ।’

    उनले राज्यले स्रष्टालाई जुन सम्मान दिनुपर्ने त्यो दिन नसकेकोमा चिन्ता व्यक्त गर्दै पर्यटनसँग साहित्यलाई जोड्न थप गृहकार्य आवश्यक रहेको बताए ।

    सम्मानित स्रष्टा शर्माले आफू इञ्जिनियरिङ्गको विद्यार्थी भए पनि परदेशमा रहँदा देश दुख्नुको पीडाले भाषा, साहित्य र संस्कृति संरक्षणमा क्रियाशील रहेको बताए ।

    अनेसास गण्डकी समितिलाई धन्यवाद ज्ञापन गर्दै शर्माले नेपाली मौलिक कला, संस्कार र संस्कृतिलाई संरक्षण गर्न लेखनको विषय त्यसैलाई बनाउनसमेत सुझाए ।

    विमर्श कार्यक्रमका मुख्यवक्ता डा.रामप्रसाद दाहालले नेपाली साहित्यलाई पर्यटनसँग जोडेर सिर्जनाको श्रीवृद्धि गर्न हेर्न लाएक दृश्य धेरै भए तापनि राज्यमा हिँड्न लायक अवस्था नहुनु दुर्भाग्य भएको बताए ।

    दाहालले पोखरा सुन्दर अनुहारको निधारमा लगाइएको टीका जस्तो सौन्दर्य भएकाले फेवा विनाको, वेगनास विनाको पोखरा कल्पना नहुने भएकाले त्यसको संरक्षणमा लाग्न सरोकारवालालाई खबरदारीसमेत गरे ।

    वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले साहित्यलाई उत्पादनमुलक बनाउन पर्यटनसँग जोड्न अक्षरका खेतीहरूले उल्लेख्य योग्दान दिएको बताइन् । उनले अक्षरका पुजारीहरूको सम्मानले सिर्जनामा लाग्नेलाई थप प्रेरणा मिल्ने बताइन् ।

    प्रा.डा. कुसुमाकर न्यौपानेले राज्यमा धेरै प्रकारका भ्रष्टाचार मौलाएको अवस्थामा स्रष्टाले आफ्ना सिर्जनाको भाषामा ध्यान नदिनु भाषिक भ्रष्टाचार भएकाले सबैलाई सचेत हुन आग्रह गरे ।

    अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले गण्डकी समिति र कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेको कार्यक्रममा अनेसास नेपाल च्याप्टर उपाध्यक्ष गीता कार्की, आजीवन सदस्य देवेन्द्र के.सी.ले रचना प्रस्तुत गरेका थिए ।

    अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह बाबाले कुनै पनि चिज, वस्तु या प्रतिभालाई चिनाउनका लागि त्यसको जानकारी गराउन आवश्यक रहने बताउँदै अनेसास गण्डकीले रोहिणीप्रसाद शर्माको योगदानलाई स्मरण गर्ने पर्यत्न मात्र गरेको धारणा राखे ।

    अनेसास गण्डकी उपाध्यक्ष दुर्गा न्यौपानेले शर्मालाई चिनाउँदै केन्द्रीय समितिले सञ्चालन गर्ने विभिन्न पुरस्कारका संस्थापकसमेत रहेका शर्मा अमेरिकालाई कर्म थलो बनाएर आफूलाई साहित्य सेवक, सङ्गठन र सर्जकका रूपमा क्रियाशील रहेर पु¥याएको योगदानको कदर गर्दै समितिले शर्मालाई नेपाल आएको सन्दर्भमा सम्मान अर्पण गरेको बताइन् ।

    संस्थाका महासचिव असफल गौतमले अघिल्लो वर्ष सराङकोटमा पर्यटन साहित्य उत्सव आयोजना गरिएकोमा त्यसको निरन्तरतामा यस पटक विमर्श र स्रष्टा सम्मान आयोजना गरिएको जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.