स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी निधन भएको छ ।
शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्वमेयर ६० वर्षीय शिवकुमार गिरीको निधन भएको हो ।
चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले सवारी चालक पुतलीबजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।

Related