गोरखाको शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति २ बजेतिर बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर दुर्घटना भएको हो ।
जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ /
अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरी जनाएको छ । दुर्घटनास्थलमा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएको प्रहरीले जनाएको छ ।
जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

Related