• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

  •    शुभेच्छा न्यूज  /८ असार २०८०, शुक्रबार ११:४७ ,  प्रकाशीत
  • नेपाल–चीन ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा सुरु भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार उक्त महोत्सवको उद्घाटन गरे ।

    नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा बोट फेस्टिभल सुरु भएको हो । दुईदिने महोत्सव फेवातालमा आयोजना गरिएको छ ।

    महोत्सवमा चिनियाँ चार र नेपाली चार गरी आठ टिम सहभागी छन् । ती आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । २०० र ५०० मिटर गरी दुई विधामा आठ बोट रेस प्रतियोगिता हुनेछ ।

    ड्रागनजस्तै देखिने गरी बनाइएको डुंगाको अग्रभागमा बसेर एकजनाले ड्रम बजाउनेछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउनेछन् । पुछारमा बस्ने एकजनाले डुंगाको दिशा मिलाउनेछन् ।

    नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल आयोजना गरिएको हो ।

    यस प्रकारको फेस्टिभल चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास आयोजकको छ ।

    निर्धारित दूरी सबैभन्दा पहिले पार गर्ने टिम विजेता बन्नेछ । सहभागी आठै टिमले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने दुवै विधाका टिमले समान पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.