• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१० असार २०८०, आईतवार ०९:०९ ,  प्रकाशीत
  • आजको राशिफल

    मेष : आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चलतथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने हुँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफूतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।

    वृष : आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    मिथुन : आज समय शुभ छ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्य आम्दानि गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ ।

    कर्कट : आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वाताबरण बन्नेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

    सिंह : आजको समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्यदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

    कन्या : आज समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।

    तुला : आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

    वृश्चिक : आज पनि समय मध्यम खालको छ । आश्वासन बाँढ्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।

    धनु : आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।

    मकर : आज समय राम्रो रहने छैन । समयको महत्व नबुझ्नाले अनावश्यक दुःख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । मान्यजनको सुझाबलाई शिरोपर गरेर अगाडि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।

    कुम्भ : आज दिन तथा समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।

    मीन : समय शुभ छ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।

    साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरुराहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

    ज्यो. हरि पन्त

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.