• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार रानामाथि भएको दुव्र्यवहारप्रति मञ्च गण्डकीको ध्यानाकर्षण

  •    शुभेच्छा न्यूज  /१३ असार २०८०, बुधबार १३:२४ ,  प्रकाशीत
  • नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका साधारण सदस्य गीता रानामाथि भएको दुव्र्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    मञ्चले बुधबार एक विज्ञप्ति प्रकाशित गरी यहीं असार १२ गते मंगलबार स्याङजाको भीरकोट नगरपालिका कार्यालयमा एबिसी टेलिभिजनका पोखरा संवाददाता समेत रहेका पत्रकार रानामाथि भएको दुव्र्यवहारको घटना प्रति मञ्चले निन्दा र भत्र्सना गरेको छ ।

    महासचिव राजाराम पौडेलले हस्ताक्षर गरेको विज्ञप्ति मार्फत पत्रकार रानालाई दुव्र्यवहार गर्ने प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानालाई कानून अनुसार कारबाहीको माग गर्दै आगामी दिनमा पत्रकारलाई निर्वाद रुपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको छ ।

    ‘नवप्रवर्तन साझेदारी कोष कार्यक्रम (गण्डकी प्रदेश) को रिपोर्ट र वृत्तचित्र निर्माणका लागि भीरकोट नगरपालिका कार्यालयको फोटो, भिडियो खिच्ने क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले कस्को अनुमतिमा किन खिचेको? भन्दै अपशब्द बोलेर दुव्र्यवहार गरेको घटनाको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निन्दा र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

    सार्वजनिक स्थलको तस्बिर, भिडियो खिच्ने पत्रकारको अधिकारलाई हस्तक्षेप गरी नगरपालिकाका सूचना अधिकारीराई रिर्पोट र वृत्तचित्र बनाउनेबारे जानकारी दिएरै भिडियो,तस्बिर लिँदा पत्रकार रानालाई प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले दुव्र्यवहार गरी एक घण्टासम्म कार्यालय परिसरमा बन्धक बनाई प्रहरीको जिम्मा लगाउनु,तस्बिर तथा भिडियो डिलिट गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको मञ्च गण्डकीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.