पर्वतमा नेपाली कांग्रेस र एमालेको आन्तरिक द्धण्दका कारण तीन पालिकाको बजेट पारित हुन सकेको छैन ।
आगामी आर्थिक बर्षका लागि कानूनत असार १० गते भित्र बजेट नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा कांगैस र एमालेको आन्तरिक टकराबका कारण कुश्मा नगरपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा नगर सभा सम्पन्न हुन सकेको थिएन ।
तर, आज जलजलाले राजनीतिक सहमति विना बजेट ल्याउन खोजेको भन्दै एमालले बिध्वंश मच्चाएको छ ।
अध्यक्ष राजुप्रसाद आचार्यले प्रहरी घेरा भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा बहुमत नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको हो ।
एमालेबाट निर्वाचित सदस्यले प्रहरी घेरा भित्र गरिएको गाउँ सभा प्रति आापत्ति जनाउँदै माइक खोस्ने प्रयास गर्दै नाराबाजी गरेका छन् ।
कार्यपालिका वैठकबाट अनुमोदन विना नै गाउँ सभा गर्न लागिएको भन्दै बहुमत गाउँ सभा सदस्यहरुले विरोध जनाएका छन् ।
गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो ।
वैठकहरुमा सहमती जुटन नसकेपछि पालिका अध्यक्ष र उपाध्यक्षले नियमानुसार कारबाही प्रक्रिया अघि बढाउन खोजेका छन् / तर, एमालेको बहुमत रहेको पालिकामा सर्वसहमत निर्णय हुनु्पर्ने अडान राख्दै आइरहेका छन् ।
एमाले समर्थक सदस्यहरुले आर्थिक बर्ष ०७९।८० को यथार्थ आय व्यय सार्वजनिक नगरि प्रक्रियाविना नै सभा सञ्चालन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजेपछि एमालेसम्बद्ध सदस्यहरुले विरोध जनाएका हुन् ।
कार्यपालिका वैठकबाट अनुमोदन विना नै गाउँ सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

Related