साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।
बुधबार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिए पछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा भएको गोलीबारीमा बन्दुकधारी सहित नेपाली सुरक्षा गार्डको मृत्यु भएको अलजजिरा टिभिले उल्लेख गरेको छ ।
मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए) ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ ।

Related