• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशस्तरिय महिला भलिबलमा क्वाटरफाइनलको समीकरण पुरा

  •    शुभेच्छा न्यूज  /१५ असार २०८०, शुक्रबार १९:३३ ,  प्रकाशीत
  • गण्डकी प्रदेशस्तरिय महिला भलिबल २०८० मा क्वाटरफाइनलको समिकरण पुरा भएको छ ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको ब्यवस्थापनमा पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन क्वाटरफाइनलको समिकरण पुरा भएको हो ।

    जारी प्रतियोगिताबाट स्याङजा, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले जानकारी दिएका छन् ।

    सम्पन्न खेलमा म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइलको यात्रा तय गरेको छ । उपाधि नजिक पुग्न म्याग्दीले बागलुङको सामना गर्ने भएको छ । यता बागलुङले गोर्खालाई २५–१७, २५–२२ ले पराजित गर्दै म्याग्दी संग अन्तिम चारमा भेट पक्का गरेको रेफ्रि टुक बहादुर गुरुङले बताए ।

    यस्तै स्याङजाले कास्कीलाई र पर्वतले तनहुँलाई पराजित गर्न सफल भए । स्याङजाले २५–२१, २५–१९ ले कास्कीलाई पराजित गर्दै तथा पर्वतले तनहुँ माथी २५–१२, २५–१३ ले जित दर्ता गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

    प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतिय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

    यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइने छ । प्रतियोगितामा ११ वटै जिल्लाका टिमहरुको सहभागिता रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.