• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश खेलकुद परिषद गण्डकीले १० जिल्लामा कर्मचारीको ब्यवस्थापन गर्ने

  •    शुभेच्छा न्यूज  /१६ असार २०८०, शनिबार १३:३० ,  प्रकाशीत
  • प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न १० जिल्लामा २० जना कर्मचारीलाई ब्यवस्थापन गर्ने भएको छ ।

    सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवं प्रदेश खेलकुद परिषदका अध्यक्ष शुसिला सिंखडाको अध्यक्षतमा बसेको बैठकले यहि असार १ गते बाट राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट जिल्लामा खटिएका कर्मचारीलाई व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    राखेपबाट विभिन्न १० जिल्लामा २० जना कर्मचारीहरु कार्यरत रहेको र सोही अनुसार अन्तर जिल्ला र परिषदले आफ्नै मातहातमा ल्याएर उनीहरुको व्यवस्थापन गर्ने गरी निर्णय गरेको हो ।

    परिषदले यहि असार १ गतेदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट जिल्लामा खटिएका कर्मचारी लाई व्यवस्थापन गर्न लागेको हो ।
    त्यस्तै बैठकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीको क्रममा बन्द प्रशिक्षणमा बाँकी रहेको रकमहरु भुक्तान गर्नेे निर्णय गर्नुका साथै नव नियुक्त मन्त्री सिंखडालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

    यसै गरी मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले परिषदको सदस्य सचिवको रुपमा सफल भूमिका निर्वाह गरेकोमा बैठकले हार्दिक आभार समेत व्यक्त गरेको छ ।

    बैठकमा आफ्नो सम्वोधनको क्रममा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै मर्यादित, अनुशासित, उत्कृष्ट संगै समृद्ध बनाएर अघि बढाउन परिषदले आफ्नो योजनाहरु अघि बढाउनु पर्ने कुरामा जोड दिइन् ।

    खेलकुद ऐनमा भएका समस्याहरुका विषयमा आफूले अध्ययन गर्ने बताउँदै खेलकुद क्षेत्रलाई हिजोको भन्दा अझै गतिशिल बनाउन मन्त्रालय प्रतिवद्ध भएको जनाइन् ।

    मन्त्री सिंखडाले खेलकुदमा रहेको अनुशासनलाई व्यवहारमा लागु गर्न सके खेल क्षेत्रले अझै धेरै समृद्ध हासिल गर्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले आफ्नो संस्कारमा परिवर्तन गर्न समेत जोड दिइन् ।

    बैठकमा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, तारामायाँ थापा मगरलगयात परिषदका सदस्यहरुको सहभागिता रहेको थियो ।

    यस अघि पहिलो पटक परिषदको कार्यालय आएकी मन्त्री सिंखडालाई परिषदका उपाध्यक्ष गुरुङ, सदस्य सचिव शर्मा, कार्यकारी सदस्यहरु, परिषदका सदस्यहरु, कार्यालय प्रमुख तोपालाल भुसाल, लेखा प्रमुख निलकण्ठ भुसाललगातले स्वागत गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.