• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जित्यो

  •    शुभेच्छा न्यूज  /१६ असार २०८०, शनिबार २०:३५ ,  प्रकाशीत
  • गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ ।

    पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै म्याग्दी नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

    यस अघि भएको फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वत माथी दवाव बनाउने प्रयास गरे पनि दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१७ ले जित्दै म्याग्दी विरुद्धको खेलमा पर्वत पुरै हावी बन्यो । तर चौथो सेट २५–१५ ले र अन्तिम तथा पाँचौ सेट १५–१० ले जित्दै म्याग्दीले उपाधि जित्न सफल भयो ।

    प्रतियोगितामा बागलुङ जिल्ला तेश्रो भएको छ । बागलुङले स्याङजालाई ३–१ सेटले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । स्याङजा संग भएको खेलमा बागलुङले पहिलो सेट २५–१९ ले गुमाए पनि अन्तिम तिन सेट लगातार जित्दै नगद ४० हजारको पुरस्कार राशीको हकदार बनाउन सफल भयो । बागलुङले २५–१२, २५–२३ र २५–१५ ले खेल जितेको थियो ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी पर्वतकी पुजा सेन ठकुरी घोषित भइन् भने उत्कृष्ट स्पाइकरको उपाधि म्याग्दीकी पवित्रा श्रीपाली र उत्कृष्ट सेटरको उपाधि म्याग्दीकी रेवीना घर्ती मगर बन्न सफल भए । सबै खेलाडीहरुले नगद रु ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

    प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, भौतिक पूर्वाधार तथा यातयात ब्यबस्था मन्त्री रेशम बहादुर जुग्जाली, गण्डकी प्रदेश सांसद प्रकाश बराल, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको ब्यबस्थापनमा तिन दिन जारी प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको थियो ।

    समापन कार्यक्रममा बोल्दै सामाजिक विकास तथा स्थास्थ्य मन्त्री सिंखडाले प्रदेशको खेलकुद विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै प्रतियोगिताले गण्डकी प्रदेशको महिला भलिबल खेल विकासमा सहयोग पुग्ने बताइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.