• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेवाताल जोगाउन प्रधानमन्त्रीसंग आग्रह

  •    शुभेच्छा न्यूज  /१६ असार २०८०, शनिबार २१:४३ ,  प्रकाशीत
  • मानवीय र प्राकृतिक अतिक्रमण झेल्दै आएको फेवाताल संरक्षणको प्रभावकारी उपाय नअपनाई अबको सय वर्षभित्रै मासिने केही अनुसन्धानले देखाएका छन् । सर्वोच्च अदालतले फैसला गरी ३ तहकै सरकारलाई जिम्मेवारी तोकेर काम गर्न भने पनि कार्यान्वयन भएको छैन ।

    पोखराको मुख्य प्राकृतिक सौन्दर्य फेवाताल जोगाउन शनिबार राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष सुनिल पाण्डे, अधिवक्ता भगवती पहारी, फेवातालको छानबिन समिति संयोजक विश्वप्रकाश लामिछाने लगायतले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

    प्रधानमन्त्री दाहाल सरकार फेवाताल संरक्षण र सर्वोच्चका फैसला कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए । उनले भने, ‘म यो विषयमा गम्भीर छु । फैसला कार्यान्वयन गर्दै सम्पदा जोगाउने हाम्रो दायित्व हो ।’

    संस्थाका अध्यक्ष पाण्डेले फेवातालको फैसला र अहिले आएको मापदण्ड घटाउने निर्णय बदर गर्दै र्फैसला कार्यान्वयन गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । अभिवक्ता भगवती पहारीले सर्वोच्च अदालतका फैसला र विभिन्न प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नुको विकल्पै नभएको जनाइन् ।

    फेवाताल अतिक्रमण र मापदण्डका सवालमा बारम्बार रिट निवेदन हाल्दै आएकी पहारीले भनिन्, ‘अब पनि चूप बस्ने हो भने ताल साँघुरिँदै बगरमा परिणत हुन्छ । अधिकार सम्पन्न निकाय गठन गरी सर्वोच्चका फैसलाहरु र आयोगका प्रतिवदेन कार्यान्वयन गर्नैपर्छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.