लोमन्थाङ गाउँपालिकाले मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको बिहेमा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका कार्यालयले आइतबार सूचना जारी गर्दै सोमबार विष्टको विवाह उत्सव मनाउन गाउँकार्यपालिकाको कार्यालयमातहतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।
गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजाको सम्मानमा बिदा दिइएको बताए ।
विष्टको स्थानीय परम्पराअनुसार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह ३ दिनसम्म चल्नेछ । उनको विवाह ताप्लेजुङमा हुन लागेको हो ।
मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टको २०७३ साल मंसिरमा निधन भएको थियो। उनी उपल्लो मुस्ताङका २५ औं राजा थिए ।
२०२६ सालदेखि मुस्ताङको जिम्मेवारी सम्हालेका उनी २०६२/६३ को आन्दोलनपछि राजतन्त्र फ्याँकिएपछि राजाको भूमिकाबाट हटेका थिए ।

Related