• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कार्कीनेटा सम्पर्क समाजको रक्दानमा ३६ युनिट संकलन

  •    शुभेच्छा न्यूज  /१७ असार २०८०, आईतवार ११:२१ ,  प्रकाशीत
  • कार्कीनेटा सम्पर्क समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ ।

    शनिबार पोखराको बिरौटामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको समाजका सचिब धनप्रसाद पौडेलले जानकारी दिए ।

    प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पहिलो रक्तदाता समाजका उपाध्यक्ष हरि प्रसाद शर्मालाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    प्रमुख अतिथि बरालले समाजले मानविय सेवा भाबले पोखरामा सामाजिक कार्य गर्दै आएकोमा आभार व्यक्त गरे । उनले जन्म ठाउँ कार्कीनेटाबाट विभिन्न पेशा ब्यवसायका लागि पोखरामा बस्दै आएका ब्याक्तिहरुले समाज सेवासंगै अप्ठेरोमा परेकालाई विभिन्न सहयोग गर्दै आएकमा खुशी ब्याक्त गरे ।

    कार्यक्रमा बिषेश अतिथि एवं फलेवास नगरपालिकाका पूर्व मेयर पदमपाणी शर्माले सम्पर्क समाजले समाज सेवाका बाबजुद विभिन्न अफ्ठेरोमा परेका ब्याक्तिहरुको सहयोगका लागि महत्व्पूर्ण कार्य गर्दै आएकोमा प्रशांसा गरे ।

    समाजका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष प्रेम पौडेल, रामचन्द्र शर्मा, निवर्तमान अध्यक्ष सीता पौडेल, पोखरा महानगरपालिका–१७ का वडासदस्य विक्रम गुरुङ, कार्कीनेटा दिदीबहिनी समुहका संयोजक दुर्गा बाराल पौडेल, संस्थाका सल्लाहका लगायतको उपस्थिति रहेको थियो ।

    रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रमको संयोजन सहसचिब शेष शर्माले गरेका थिए ।

    कार्यक्रममा सहभागीलाई उपाध्यक्ष हरि प्रसाद शर्माले स्वागत गरेका थिए भने कार्यक्रम संचालन समाजका सचिव धन प्रसाद पौडेलले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.