• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिरामीका लागि अझै सहज छैन रगत

  •    शुभेच्छा न्यूज  /१८ असार २०८०, सोमबार १८:२५ ,  प्रकाशीत
  • ललितपुर नखिपोटका विभा थापामगर सुत्केरी भएको २ हप्ता भयो । डाक्टरले सुत्केरी हुने समय असारको पहिलो हप्तालाई दिए पनि रक्तचाप बढेपछि निर्धारित समयभन्दा पहिल्यै शल्यक्रियामार्फत शिशु निकाल्नुपर्‍यो ।

    शल्यक्रियापछि विभाको शरीरमा रगत कम भयो । डाक्टरले सेतो र ताजा गरी १३ पिन्ट रगत आवश्यक पर्ने बताए पछि विभाका श्रीमान् सीताराम दर्लामी रगत जुटाउन लाग्नुभयो । रगत जुटाउने क्रममा निकै सकस भएको सीताराम बताउनुहुन्छ । ब्लड बैंक र अस्पतालहरूमा पनि खोज्दा नपाए पछि साथीहरूमार्फत रक्तदाता खाेजेर रगत जुटाएको उहाँ बताउनुहुन्छ ।

    सामान्य अवस्थामा देशभर दैनिक ८ सय पिन्ट र काठमाडौँ उपत्यकामा मात्रै साढे ३ सयदेखि ४ सय पिन्ट रगत आवश्यक पर्छ । यस हिसाबले बर्सेनि ४ लाख पिन्ट रगत चाहिन्छ ।

    रक्तदान नियमित भएको समयमा यो माग पूरा हुने भए पनि रक्तदान कम भएको बेला भने बिरामीका आफन्तलाई समस्या हुने गरेको छ । नियमित रूपमा रगत तथा प्लाज्मा दान गर्न प्रोत्साहन गर्ने गरिएको छ । रगत दान गर्न प्रोत्साहन गर्ने गरिए पनि पर्याप्त मात्रामा सङ्कलन हुन सकेको छैन । रगत अभावमा बिरामी र आफन्तलाई भने सास्ती हुने गरेको छ ।

    केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाशकुमार यादव व्यक्तिगत रक्तदातालाई बोलाएर पनि सहज बनाउने कोसिस गरे पनि वर्षका केही महिनामा सँधै रगतको अभाव हुने गरेको बताउनुहुन्छ । रक्तदानको वातावरण बनाउन विभिन्न प्रयत्न गरिरहे पनि नियमित रक्तदान नहुँदा यस्तो अभाव हुने गरेको यादवको भनाइ छ ।

    रक्तदानका लागि रेडक्रसका साथै विभिन्न सङ्घ संस्था र नागरिक स्तरमा पनि कार्यक्रम हुने गरेका छन् । रगतको अभाव नहोस् भन्नका लागि आफुहरुले बेला बेला रक्तदान गर्ने गरेको ललितपुर ठैबका प्रतिभा सुनुवार र तिखेदेवलका हरिहर केसी बताउनुहुन्छ । तर उहाँहरूजस्ता जानकार र रक्तदानका लागि तयार व्यक्ति पाउन नसक्दा समस्या भइरहेको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका देशमा रगतको आवश्यकता पूरा गर्न कुल जनसङ्ख्याको न्यूनतम एक प्रतिशतले रक्तदान गर्नुपर्छ । विगतको तुलनामा रक्तदान गर्ने क्रम बढे पनि अझै पर्याप्त भइसकेको छैन । रक्तदान गर्दा अरूको जीवन जोगिनुका साथै व्यक्ति स्वयम्लाई पनि फाइदा पुग्ने जनरल फिजिसियन डा. प्रकाश दङ्गाल बताउनुहुन्छ । रक्तदाताको रगत पनि परीक्षण गरिने भएकाले विभिन्न रोगको सङ्क्रमण भए नभएको पनि थाहा हुने उहाँको भनाइ छ ।

    डाक्टरहरूका अनुसार एक जनाले दिएको रगतले ३ जनासम्मको जीवन बचाउन सकिन्छ । यस्तै १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोभन्दा बढी तौल भएका व्यक्तिले रगत दान गर्न सक्छन् । तर शरीरमा पहिलेदेखि नै कुनै रोग भएका व्यक्तिले रगत दान गर्न मिल्दैन ।

    सिआइएन खबरबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.