• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ –मन्त्री जुग्जाली

  •    शुभेच्छा न्यूज  /१९ असार २०८०, मंगलवार १०:४१ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताएका छन ।

    प्रदेशसभाको चालु बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञाशाको सोमबारको प्रदेशसभामा जवाफ दिने क्रममा मन्त्री जुग्जालीले संघ सरकार मार्फत सञ्चालित आयोजनाहरुमा देखिएका समस्या समाधानका लागि पनि प्रदेश सरकारले पहल र समन्वय गरेको बताए।

    यातायातको राजस्व घरबाटै बुझाउन मिल्ने गरि अनलाईन प्रणालीमा लैजान लागिएको, पोखराको यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको ट̭ायल परिक्षा बिहानदेखि सञ्चालन गरिएको, सवारी चालक अनुमति पत्र कार्यालय पोखरामा सेवाग्राहीलाई खानेपानीको व्यवस्था मिलाइएको मन्त्री जुग्जालीले बताए।

    बागलुङको यातायात कार्यालयबाट चार पाङग्रे सवारी साधनको चालक अनुमति पत्रको ट̭ायल शुरु गर्न लागिएको मन्त्री जुग्जालीले बताए।

    बागलुङमा चार पाङग्रेको ट̭ायल हुँदा पोखरामा सेवाग्राहीको चाप घट्ने, महिनौ पालो पर्खनुपर्ने समस्या हट्ने र धौलागिरी क्षेत्रका सर्वसाधारणलाई सहज हुने मन्त्री जुग्जालीको भनाई थियो ।

    पर्यटकीय नगरी पोखरामा यातायातको प्रदुषण नियन्त्रणका लागि यातायात व्यवसायी र सम्बद्ध निकायसँग छलफलमा रहेको जानकारी गराउदै ट्याक्सी सञ्चालनमा जवरजस्ती लागू गरिएको सिण्डीकेट तोड्न कदम चालिने मन्त्री जुग्जालीले बताए।

    मन्त्री जुग्जालीले बर्खायाममा प्रदेश सरकार मार्फत सञ्चालित सडकमा यातायात अवरोध हुन नदिने प्रतिवद्धता जनाउँदै संघीय सरकारबाट सञ्चालित मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरीडोर, पोखरा–मुग्लीन सडक आयोजना र सडक डिभिजन तथा स्थानीय तहहरुसँग समेत समन्वय गरेको बताए।

    मध्य पहाडी लोकमार्ग अन्तरगत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरको पहिरोका कारण सिर्जना भएको जाम मन्त्रालय, आयोजना, पूर्वाधार विकास कार्यालय कास्की र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा बैकल्पिक सडक सञ्चालन गरेर हटाइएको मन्त्री जुग्जालीले बताए।

    चार, पाँच लाख बजेटका एउटै जिल्लामा ६ सय आयोजना र जनशक्ति कम हुँदा देखिएको समस्या हुँदा आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका योजनामा ३० लाखको थ्रेस होल्ड बनाएर नीतिगत सुधारको काम गरेको मन्त्री जुग्जालीको भनाई थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.