आमा-छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिँदा आमाको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते छोरीको उपचार भइरहेको छ।
टिपरको ठक्करबाट सुनसरीको इटहरीमा ३९ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । २२ वर्षीया छोरी अंशुको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
पूजामा जान को १४ प ५२६ नम्बरको स्कुटरमा हिँडेका आमाछोरीलाई इटहरी चोकमा कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको थियो।
स्कुटरलाई पूर्व लाइन जाँदै गएको टिपरले ठक्कर दिएर ज्यान गएपछि स्थानीयबासीले टिपरमा ढुंगामुढासमेत गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको थियो।
प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई पनि नियन्त्रणमा लिएको छ।

Related