पोखरा चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
आज बिहान भएको दुर्घटनामा पोखरा २७ तालचोक घर भएका ३४ वर्षीय प्रज्वल गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
प्रहरीले जीपसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related