पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याबको रिपोर्ट बिरामीले आफ्नै मोबाइलमा हेर्न सक्ने
तपाईको प्रतिक्रिया





सेवाग्राहीको सुविद्यालाइ मध्यनजर गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्रयोगशालाका रिपार्ट आफ्नै मावाइलमा हेर्ने ब्यवस्था मिलाएको छ ।
अस्पतालमा चिकित्सकलाइ जँचाएर नमुना परिक्षण गर्न प्रयोगशालामा छाडेपछि परिक्षण रिपोर्ट मावाइल एपमा राखिने भएपछि अब विरामी रिपोर्टका लागि पुन ल्यावमा धाउन नपर्ने भएको हो ।
अस्पतालले मोवाइ एममा रिपार्ट हेर्न मिल्ने ब्यवस्था मिलाएपछि अब सेवाग्राहीले नमूना परिक्षणको रिपोर्ट आपूmलाइ सहज हुने ठाउँमा प्रिन्ट गरेर डाक्टर देखाउन सक्ने अस्पतालले जनाएको छ ।
अनलाइन सुविधा उपयोग गर्न नसक्ने बिरामीका लागि भने ल्याबबाट नै रिपोर्ट प्रिन्ट गरेर दिने व्यवस्था मिलाइनेछ । घरमै बसेर पनि हेर्न सकिने छ ।
सेवाग्राहीले मोवाइ ऐप हेर्न सबैभन्दा पहिले सुरूमा प्रयोगशालाबाट प्राप्त हुने बिलको दाँयातर्फको माथिल्लो भागमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्छ । त्यसपछि युजर नेम र पासवर्ड राख्ने ठाउँ देखिनेछ ।
सोही बिलको दाँयातर्फको तल्लो भागमा रहेको युजर नेम र पासवर्ड राख्नुपर्छ । त्यसपछि प्रयोगशालाको परीक्षणको रिपोर्ट बिरामीको आफ्नै मोबाइलमा सजिलै हेर्न सकिनेछ । प्रयोगशालाको भिड कम गर्न तथा बिरामीले रिपोर्ट लिन भइरहेको झमेला कम गर्न अनलाइन रिपोर्टले सहज बनाउने दाबी अस्पतालको छ ।
बिलिङ, दर्ता, रगत दिनेलगायतमा लाइन बस्नैपर्नेछ । प्रदेशभरकै उपचार केन्द्र भएकाले भिड बढी हुँदा पनि बिरामी लाइनमा बस्नैपर्ने बाध्यता छन ।
Related