लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको परीक्षामा ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
शुक्रबार पोखरा -१५ फुलबारीस्थित प्रदेश प्रहरी तालिम केन्द्रको परिसर भित्र सञ्चालन भई रहेको वन रक्षक पदको परीक्षामा अरुको नाममा दिइरहेका कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र सोही ठाउँका अर्का १८ वर्षीय नावालक पक्राउ परेका छन् ।
शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरू चेकजाँच गर्नेक्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले बताए।
उनीहरूले परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए।
उनीहरूलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

Related