• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा न्युरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु

  •    शुभेच्छा न्यूज  /२५ असार २०८०, सोमबार १५:५२ ,  प्रकाशीत
  • पोखराको सभागृहचोकदेखी विपिचोकसम्म न्युरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ ।

    सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरे ।

    स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताए । उनका अनुसार डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइने छन् ।

    बिरुवाहरूको संरक्षण स्थानीयहरू समेत बताउनुभएका आचार्यले महानगरपालिकाले विशेष निगरानी उल्लेख गरे ।“विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ, अव कसैलाई छुट दिइने छैन, त्यस कारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सवैमा अनुरोध गर्दछु ।”

    यसलाई परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको र यो राम्रो हुँदै गए अन्य स्थानहरूमा लगाइने उनले बताए ।

    पोखरादेखि कोत्रेसम्मको पृथ्वी राजमार्गमा भने पोखराको पहिचानको रूपमा रहेको लालुपाते फुल रोपिने उनले बताए ।

    पोखरालाई फुलैफुलको सहरका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धन सहित पुष्प रोपणको कार्यक्रमलाई अभियानमा रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

    उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगिसकेकाले यो महिना भित्र सञ्चालनमा आउने प्रमुख आचार्य बताए ।अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।

    घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले बताए । उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्ने उनले बताए ।

    यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो । यो बिरुवा १५/१५ इन्चको फरकमा लगाउनु पर्ने बानियाँले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.