• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनस्वास्थ्यमा खेलवाड गर्दै संचालन गरिएका ७ वटा आयुर्वेदिक पसलमा सिल

  •    शुभेच्छा न्यूज  /२७ असार २०८०, बुधबार ०९:१६ ,  प्रकाशीत
  • जनस्वास्थ्यमा खेलवाड गर्दै संचालन गरिएका ७ वटा आयुर्वेदिक पसलमा शिल जनस्वास्थ्यमा खेलवाड गर्दै संचालन गरिएका ७ वटा आयुर्वेदिक पसललाई प्रशासनले बन्द गरिदिएको छ ।

    देशको कानुनको धज्जी उडाउदै जनस्वास्थ्यमा खेलवाड गर्दै तनहुँको दमौलीमा संचालन गरिदै आएका सात वटा औषधि पशललाइ प्रशासनले बन्द गराएको हो ।

    मंगलबार जिल्ला प्रशासन कार्यालय तनहूँ , व्यास नगरपालिका, जनस्वास्थ कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त टोलीले दमौली बजारका ७ वटा पसलमा अनुगमन गर्दा गैरकानुनी प्रक्रियाबाट संचालन भएको भेटिएपछि बन्द गरिएको हो ।

    अनुगमनका क्रममा ब्यवसायीले आचारसंहिता विपरित आयुवेैदिक पसलको लागि स्विकृति लिएर क्लिनिक संचालन गर्ने, आमसर्वसाधारणलाइ भ्रमित पर्ने गरी अनावश्यक होर्डिगं बोर्ड राखेर भ्रमश्रीजना गर्ने, विभिन्न रोगको ग्रेन्टी उपचार गर्ने भन्दै आर्थिक दोहन गर्ने, सम्वन्धित निकायको स्किृतिबिना नै आपूmलाइ चिकित्सक भएको बताएर ठगी गर्ने र मिति गुज्रिसकेका औषधीहरु राखेको भेटिएपछि सात वटा प्रसल बन्द गरिएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

    अनुगमनका क्रममा गैरकानुनी रुपमा संचालित भेटिएका आयुर्वेदिक पसलहरुमा गणेश मान चोकको अमोल क्लिनिक, सत्यवती स्कुल अगाडिको स्पार्क हस्पिटल, प्रकाश आर्युवेद पसल, रुक्सान आयुर्वेद फर्मा, आयुष होमियोप्याथिक, व्यास होमियोप्याथिक र आरोग्य फार्मेसी रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिए

    औषधि ऐनमा कुनै पनि औषधिका वारेमा भ्रमश्रृजना गर्दै आर्थिक लाभ लिने हिसावले विज्ञापन गर्न नपाइने उल्लेख छ । तर,देशका विभिन्न स्थानमा आर्थिक लुट मच्चाउदै ब्यवसायीले औषधि र चिकित्सकको विज्ञापन गर्दै आएका छन ।

    मंगलबार सदमुकाममा संयुक्त अनुगमन टोलीले सात वटा वटा आयुर्वेदिक औषधि पसलहरुमा अनुगमन गर्दा गैरकानुनी र अव्यवस्थित रुपमा संचालन गरेको पाईएपछि पसलमा शिल गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका प्रमुख डा.रामप्रवोध मण्डलले बताए ।

    उनले पसलको स्विकृति लिएर क्लिनिक संचालन गर्ने,बिरामीलाई भ्रमित पार्ने गैरकानुनी विज्ञापन गरेर लुटमच्याउनेलाई कस्तो कारवाही गर्ने भन्ने वारेमा संयुक्त अनुगमन टोलीको बैठक बसेर निर्णय गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.