मंगलवार एक्कासी विरामी भएका रोल्पाको रुन्टिगढी गाउँपालिका–४ का वडाध्यक्ष पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बुधवार मुत्यु भएको हो ।
स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मंसिर २५ गते सामान्य ज्वरो आएपछि वडाध्यक्ष पुन उपचारका लागि दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए ।
त्यसपछि सामान्य उपचारपछि फर्किएका पुनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंसिर २६ गते पुनः प्रतिष्ठानमा भर्ना भएका थिए ।
आज बिहान भेन्टीलेटरमा उपचारकाक्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु भएको छ ।

Related