• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विपन्न बालबालिका पाल्दै आएका अमरसिंहको लोभ लाग्दो समाजसेवा

  •    शुभेच्छा न्यूज  /३० असार २०८०, शनिबार ११:१७ ,  प्रकाशीत
  • तनहुँको भानु नगरपालिका–७ चन्दनीस्थित चण्डिका बालगृहमा २७ विपन्न बालबालिका छन्।

    गरिबीको रेखामुनि रहेका र विभिन्न समस्यामा परेका ती बालबालिकाले यहाँ आश्रय पाएका छन्। उक्त बालगृहमा १० वर्षदेखि विभिन्न ठाउँका बालबालिकाले आश्रय पाएका छन्।

    बालगृहको मासिक खर्च ७५ हजार बढी छ। सरकारी निकाय वा संघसंस्थाले यो बालगृह सञ्चालन गरेका होइनन्।

    स्थानीय समाजसेवी ८५ वर्षीय अमरसिंह गुरुङले यो बालगृह सञ्चालन गरिरहेका छन्। मासिक रुपमा आउने खर्चको व्यवस्थापन पनि स्वयं गुरुङले नै गर्दै आएका छन्। चण्डिका आधारभूत विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका गुरुङले विपन्न बालबालिकालाई आश्रय दिन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘मलाई सामाजिक काम गर्न पहिलेदेखि रुचि हो। गरिबीको रेखामुनि रहेका बालबालिकालाई पालनपोषण गरिरहेको छु। मलाई आत्मसन्तुष्टि छ।’

    अपांगता भएका बालबालिकालाई पनि बालगृहमा राख्न प्रयास गरिए पनि केही प्राविधिक कारणले त्यो सफल हुन नसकेको उनको भनाइ छ। गुरुङका छोराछोरी विदेशमा छन्। छोराछोरीले नै मासिक रुपमा पैसा पठाइदिने र सोही पैसाबाट बालगृहका बालबच्चाको पालनपोषण गर्न सहयोग पुगेको उनी बताउँछन्। उनले भने, ‘कुनै सरकारी निकायको सहयोग छैन, मैले व्यक्तिगत रुपमै यसको व्यवस्थापन गरिरहेको छु।’

    गुरुङले बालगृह व्यवस्थापनका लागि आफ्ना नाममा रहेको थुप्रै जग्गा बेचिसकेका छन्। ‘५०/६० मुर धान उत्पादन हुने जग्गाजमिन पनि बालबाालिकाका निमित्त बेचेँ, अब पाँच/६ रोपनी खेत बाँकी छ। त्यो पनि आवश्यक परे बालबालिकाको हितमा खर्च गर्न सक्छु’ उनले भने। ८५ वर्षको उमेरसम्म पनि समाजसेवामा सक्रिय हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘राम्रो काम गर्न उमेर बाधक नबन्दो रहेछ। राम्रैसँग खटिरहेजस्तो लाग्छ।’

    कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा बालगृह वरपर रहेको जग्गामा फलफूलका बिरुवा रोपण गरिएको छ। बालगृहको अवस्थाबारे जानकारी पाएपछि बालबालिकालाई कृषिसँग जोड्न सुन्तला, कागती, एभोकाडो, आँप, लिचीका बिरुवा रोपिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

    उनका अनुसार निकट भविष्यमा तरकारी खेतीका लागि पनि सहयोग गरिनेछ। उनले भने,‘एउटा व्यक्तिको प्रयासले बालगृह सञ्चालन गर्नु सकारात्मक काम हो। असहाय बालबालिकाका लागि सबैको सहयोग आवश्यक छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.