• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम हुने

  •    शुभेच्छा न्यूज  /७ श्रावण २०८०, आईतवार १९:४० ,  प्रकाशीत
  • नेपालका प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानमा साउन १३ गते शनिबार आयोजना हुने अन्तरक्रिया कार्यक्रममा गण्डकी सहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागीता रहनेछ ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बिचमा अनुभव आदानप्रदान तथा सम्बन्ध बिस्तार गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको उनले खुलाए ।

    अन्तरक्रिया कार्यक्रम सहित अन्य विभिन्न छलफल तथा भेटघाट कार्यक्रम समेत हुने उनको भनाई छ । ‘यो साउन १२, १३ र १४ गते हुने तीन दिने कार्यक्रम हो, मुख्य कार्यक्रम १३ गते शनिबार हुनेछ, सो कार्यक्रम मार्फत एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छौ’ उनले भने ।

    कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागीता जनाउनेछन् । केही कार्यक्रम प्रतिष्ठानहरुबिच सहकार्य गरेर गर्दा प्रभावकारी हुने भएकोले सहकार्यको वातावरण समेत यो कार्यक्रमबाट बन्ने उनको विश्वास छ ।

    यसैगरी स्वामी विवेकानन्द कल्चरल सेन्टर काठमाण्डौं तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दूई दिने फोटो प्रर्दशनी कार्यक्रम समेत हुने भएको छ ।

    यो प्रर्दशनी पोखरा सभागृहमा साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई भव्य बनाउन तयारीमा तिव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.