रोग लागेपछि उपचार गर्नु भन्दा रोग नै लाग्न नदिने उपायको खोजी गर्नुपर्छ : गगन थापा
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले रोगको उपचार गर्ने भन्दा रोग नै लाग्न नदिने उपायको खोजी गर्नु पर्ने बताएका छन ।
नेता थापाले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य अवस्था तन्दुरुस्त राख्न व्यायाम विज्ञान पढेका योग्य र दक्ष प्रशिक्षकको सल्लह सुझाव लिएर जीवनयापनमा परिवर्तन गर्नु पर्नेमा जोड दिए ।
नेपालमै पहिलो पटक सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा फिटनेट क्लिनिक सञ्चालन गर्न एनवाइएफए संस्थासँग साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता थापाले ब्याक्त गरे ।
थापाकै नेतृत्वमा काठमाडौं महानगरपालिकामा स्थापना भएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० मा नियमित स्वास्थ्य सेवासँगै सर्वसुलभ मूल्यमा फार्मेसी सेवा, मनोचिकित्सकीय सेवा प्रदान गरिदै आएको छ ।
एनवाइएफएका संस्थापक अध्यक्ष सुकदेव कार्कीले शारीरिक व्यायाम क्षेत्रमा अध्ययनको महत्वलाई जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न र रोजगारका अवसर सिर्जना गर्नका लागि पोखरामा रहेको यस आभ्या क्लव सँग विगत ६ वर्षदेखि निरन्तर कामगर्दै आएको जानकारी दिए ।
पोखरामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने लक्ष्य सहित २० रोप नी जग्गामा आभ्या क्लव स्थापना भएको हो । १५ करोडको लगानीमा सन् २०१८ देखि सर्वाङ्गिण स्वास्थ्य तन्दुरुस्ती तथा लोक हितलाई ध्यानदिएर क्लवले सेवा दिइरहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, आभ्या क्लवका संस्थापक किरण केसी, पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष किरण बराल, वडा नं. २६ का वडा अध्यक्ष नरेन थापा, कास्की जिल्ला शारीरिक सुगठन सङ्घका अध्यक्ष वैभव पौडेल लगायतले मन्तब्य ब्याक्त गरेका थिए ।
Related