पोखरा महानगरपालिकाले बाख्रा पकेट कार्यक्रम अन्तरगत कृषकलाई ४४ लाख अनुदान प्रदान गरेको छ ।
महानगरले विभिन्न स्थानमा बाख्रा पकेट कार्यक्रम अन्तरगत ब्यसायीकरुपमा बाख्रा पालन गरेका १९१ कृषकलाई ४४ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको हो ।
सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा आयोजित एक कार्यक्रममा सो अनुदान प्रदान गरेका हुन ।
पोखरा महानगरले शुरु गरेको यस अभियानले कृषकहरूलाई हौसला मिल्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे । उनले भने,‘महानगरले कृषकहरूको सहयोगका लागि सधैं सकारात्मक भूमिका निर्वाह गर्न तयार छ । महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिन आवस्यक भएकाले आत्मसम्मानका साथ उत्पादन वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगर प्रतिबद्ध रहेको छ ।’
उनले कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन आग्रह गरे ।
कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण,बजारको सुनिश्चितता र बजारीकरणका लागि महानगर प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । उनले भने,‘तपाँईहरु उत्पादनमा केन्द्रित हुनुहोस् । उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।’
उनले उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकहरूलाई निराश हुने वातावरणको अन्त्य गरिने उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रा पालन व्यवसाय तर्फ कृषकहरूको आकर्षण बढेको भन्दै खुसी व्यक्त गरे । उनले उन्नत जातका बाख्रा पालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको बताउँदै सरकारी स्तरबाट आवश्यक सहयोग गर्ने बताए ।
पोखरा महानगरपालिका वडा नं.२८ का पूर्व वडाध्यक्ष निर्मल दियालीले अनुदान रकमको सदुपयोग हुुनु पर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराका विभिन्न क्षेत्रहरूमा बाख्रा पालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइहरेको बताए । उनले बाख्रा पालन प्रति कृषकहरूले देखाएको रुची र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको बताए ।
उनल पछिल्लो समय पशुहरूमा देखिएको समस्या प्रति सचेत रहेको बताउँदै यसको रोकथाम र निदानका सम्भाव्य उपायहरूको उपयोग गरिएको बताए ।
भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे ।
महानगरले वडा नं.१९ का २४ जना कृषकलाई ६ लाख २० हजार, वडा नं.२० का ३२ जना कृषकलाई ७ लाख २० हजार, २१ का ४३ जनालाई १० लाख, वडा नं.२४ का ३७ जनालाई ८ लाख २० हजार, २५ का २३ जनालाई ४ लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १९१ जना कृषकलाई ४४ लाख २० हजार नगद अनुदान प्रदान नगरेको हो ।

Related