• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश खेलकुद परिषद गण्डकीको अन्तरक्रिया

  •    शुभेच्छा न्यूज  /९ श्रावण २०८०, मंगलवार १९:४४ ,  प्रकाशीत
  • पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद संघहरु संग छलफलसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    विभिन्न ३० भन्दा वढि खेल संघरुहको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेलसंघहरु संगको विभिन्न समस्याहरुका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

    सम्पन्न कार्यक्रम बारे जानकारी दिंदै सदस्य सचिव शर्माले परिषदद्वारा अघि सारिएका कार्यक्रमहरु सफल बनाउने संगै खेल संघहरुलाई व्यवस्थित गर्ने लगायतका विषयमा निर्णय गरिएको बताए । “हामीले आज भएको अन्तक्रियामा खुलेर छलफल गरेका छौं । खेल संघहरुमा रहेका समस्या र चुनौतीहरुका विच पनि खेलकुदको समग्र विकासलाई कसरी अघि बढ्ने बारे गम्भिर रुपमा वहस भएको छ”, उनले भने–“यसले आगामी दिनमा हुने योजनाहरु कार्यान्वयनमा सहजता संगै निकासका लागि बाटो खुल्ला गरेको छ ।”

    छलफल कार्यक्रममा सहभागिहरुले प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार तदर्थ समिति गठन गर्न निकै कठिनाई उत्पन्न भएको बताउँदै तत्कालै सो विषयमा भइरहेको समस्या समाधानका लागि परिषदलाई पहल गर्न आग्रह गरेका थिए ।

    प्रदेश खेलकुद संघ गठन भइसकेका संघहरुको अद्यावधिक साधारणसभा सहित प्रदेश खेलकुद परिषदमा दर्ता वा नविकरण गर्र्न तथा दर्ता हुन बाँकी खेल संघहरुले तदर्थ समिति दर्ता र परिषदले संघहरु संग आवश्यक समन्वय गरी सहजिकरण गर्न सहभागि खेल संघका प्रतिनिधीहरुले आग्रह गरेका थिए ।

    त्यस्तै हालै परिषदले सूचिकृतका लागि आह्वान गरेका रेफ्रि, जज, एम्पयार, खेल प्राविधिक, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रहरुको सूचिकरण गर्न खेल संघहरुले सहयोगको प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशमा स्थापना हुने खेलाडी कल्याणकारी कोषमा रकम वृद्धिका लागि समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

    त्यस्तै सहभागिहरुले जिल्लास्थित खेल संघहरुको अनुगमन, खेलकुदको विकास, विस्तारका लागि समन्वय गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरेको परिषदले जनाएको छ ।

    त्यस्तै सो अन्तक्रिया कार्यक्रममा आ।व २०७९÷०८० मा सम्पन्न विभिन्न खेलकुद प्रतियोगिता लगायत कार्यक्रमहरुको समेत गम्भिर समिक्षा गर्दै भएका कमजोरीहरुको समेत सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

    सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले आजको अन्तक्रिया कार्यक्रमले परिषद र खेल संघहरु विच सम्वन्धलाई थप सुमधुर बनाउन भूमिका खेल्ने बताए । उनले खेल संघहरुलाई खेल विकासको गतिका लागि प्रमुख रुपमा रहेको बताउँदै संघहरु बलियो संगै सुशासनयुक्त भएमा मात्रै खेल विकासले गति लिने बताए ।

    कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाल योगी, लेखा प्रमुख निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.