लमजुङ सदरमुकाम बेसीशहरमा रोकिरहेको बस एक्कासी गुडेपछि दुर्घटना हुन पुगेको छ ।
बेसीशहर नपा–८ शेरा स्थित बस काउण्टर नजिक रोकिरहेको बस एक्कासी गुडेर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ना ५ ख ४०८१ नम्बरको बस पृथ्वी राजमार्ग बस काउण्टर नजिकै डुम्रे तर्फ जाने यात्रुलाई चढाउन रोकिरहेको थियो । डुम्रे–बेसीशहर चल्ने उक्त बस एक्कासी गुडेर दिउँसो २ः४० बजेको समयमा करिब ३० मिटर पर पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस सडक नजिकैको रुखमा ठोक्कीन पुगी अड्कीएको छ । गम्भीर हुनेमा राइनास नपा-९ कुवापानीकी २२ वार्षिय मिस्मा गुरुङ रहेकी छन् । उनी आत्तिएर बसबाट हामफाल्ने क्रममा उनको टाउको र घाटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते गुरुङलाई थप उपचारका लागी चितवन रिफर गरिएको छ् भने, अन्यको लमजुङ अस्पताल लमजुङमा नै उपचार भैरहेको छ ।
प्रहरीले बस चालक खोटाङ घर भई हाल तनहुँको भानु नगरपालिका-९ बाइसजाँगर बस्ने ३० वर्षीय हेमन्त तामाङलाई नियन्त्रणमा लिएको छ ।

Related