• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरमा मलको मुल्य निर्धारण

  •    शुभेच्छा न्यूज  /१३ श्रावण २०८०, शनिबार ११:१९ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि मलको मुल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।

    पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।

    महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र साल्ट टे«डिंग कर्पोरेशन लिमिटेड पोखराका प्रमुख बासुदेव उपाध्याय, महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्णप्रसाद बरालको उपस्थितिमा बैठकले निर्णय गरेको हो ।

    मल डिपोदेखि बिक्र्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी रु १९ रुपैयाँ ४५ पैशादेखि २१ रुपैयाँ ५ पैशासम्म निर्धारण गरिएको छ ।

    त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैशादेखि ५० रुपैयाँ ५ पैशा र पोटासको मुल्य ३६ रुपैयाँ ४५ पैशादेखि ३८ रुपैयाँ ५ पैशासम्म तोएिको छ । मल वित्र्रmेताले प्लाष्टिक झोलाको मुल्य प्रति किलो थप लिन सक्ने छन् ।

    बैठकले पोखरा महानगर कृषि शाखामा सुचिकृत तथा बिक्र्री वितरण गर्नको लागि छनौट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भैरहेकोछ ।

    मल बिक्र्री वितरणका लागि आर्थिक वर्ष २०७९÷८० मा बिक्र्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको मनहर कडरियाले जानकारी दिए । सुचिकृत बिक्रेकतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई तोकिएकै मुल्यमा सहज रुपमा मल उपलब्ध गराउन अनुगमन गर्ने गरिएको र यस वर्षपनि त्यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।

    पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डीएपीर पोटास गरेर १९७७ ।६५ टन मल खपत भएको छ ।

    गत आर्थिक वर्षमा पोखरा महानगरमा युरिया १२२१।७५ टन, डीएपी ६६३।८५ टन, पोटास ३९।९५ टन र कृषि चुन २।१ टन खपत भएको उनले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.